मकवानपुर – मकवानपुरमा बुधबार (आज) थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जनामा र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी र बकैयाँ गााउँपालिकाका १/१ जना रहेका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३२१ रहेको छ । जसमध्ये ८ जना संस्थागत आइसोलेसनमा र ३ सय १३ जना होमआइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।