हेटौंडा । मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान)ले जेष्ठ नागरिक दिवसको अवसर पारी मकवानपुर हेटौंडामा आमा सेमिनार सम्पन्न गरेको छ । मातृत्व र मातृभूमिको सम्मानमा आयोजित सेमिनारमा करिब ५०० जना सहभागी भए ।
सेमिनार जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्व र गरिमा बोध गराउन सफल हुँदै आएको छ ।
भाषण र आसनले कार्यक्रमलाई लम्बेतान बनाउने परम्पराबाट गुज्रिरहेको नेपाली समाजमा आज भएको आमा सेमिनार एक उदाहरण बनेको छ । अनौपचारीक रुपमा नै सुभारम्भ भएको कार्यक्रममा बाग्मति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सुभारम्भमा दुई मिनेट कार्यक्रम सफलताको लागि शुभभावना राख्निुभयो । त्यसपछि केहिछिन मानवसेवा आश्रमको परिचयात्मक भिडीयो र मुख्य कार्यालय मकवानपुर हेटौंडाको सेवा दैनिकी प्रस्तुत भयो । लगतै मानवसेवा आश्रमका प्रमख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभयो ।
कार्यक्रम सहभागी भएका सबैजनाको आँखा टल्पलाएका थिए । सहभागीहरु कार्यक्रमभरी नै सुम्क सुक्न रोहीरहे । जब कार्यक्रम सक्कियो सहभागीहरु कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञ हुँदै बाहिरिए । कतिजना अभियान्ताहरुलाई अंगालो हाल्दै रोहीरहेका थिए भने कार्यक्रमका प्रस्तोता रामजी अधिकारी संग फोटो खिचाउन आतुर देखिन्थे ।
संस्थाका कोषाध्यक्ष एवं तालिम विभाग प्रमुख होमनाथ तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य एवं बाग्मति प्रदेश प्रमुख उमा भण्डारीले मानवताका प्रवद्र्धनका लागि सामूहीक संकल्प गराउनुभएको थियो ।
भरखरै बेलायतमा आमा कार्यक्रम सहजीकरण गरेर नेपाल आए लगतै हेटौंडामा आमा कार्यक्रम प्रस्तुत भएको हो । माघ महिनामा अस्ट्रेलियाको सातओटै स्टेटमा आमा कार्यक्रम प्रस्तुत हुँदैछ ।
कार्यक्रममा बाग्मति प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, मानवसेवा आश्रमका मकवानपुर जिल्ला संयोजक पुरण बहादुर जोशी लगाएत मानवसेवा आश्रमका अभिभावक, सुभेच्छुकहरुको समपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमले यस कार्यक्रम सफल बनाउन आश्रमका अभिभावक कैलाश ढकालको संयोजकत्वमा १५ सदसीय आयोजक समिति गठन गरेको थियो । जसमा खुशी क्लवको प्रतिनिधित्व गर्दै अभिभावक लक्ष्मी कंडेल सहसंयोजक, अभिभावक रामकृष्ण थापा सचिव र तारा प्रसाद लामिछाने कोषाध्यक्ष रहेको १५ सदसीय आयोजक समिति गठन गरी कार्यक्रमको तयारी सुभारम्भ भएको थियो । कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।