प्रतीकात्मक तस्बिर

हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५० वर्षीय माईला थिङको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरिक्षक सिताराम सुबेदीको कमाण्डमा टोली त्यहाँ पुगेको थियो ।