हेटाैंडा- सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९)बाट सक्रमित नभएको जानकारी गराउनु भएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थ मन्त्री समेत रहनु भएका सञ्चार मन्त्री खतिवाडाले नेपालमा कोरोना भाइरस नभएकाले बाहिरबाट नेपाल भित्रिने एयरपोर्ट र नाकाहरुमा सरकारले विशेष निगरानी बढाएको बताउनुभयो ।
उहाँले नेपाल र भारत बीचका ३७ वटा नाकामा टोली खटाएर निगरानीको व्यवस्था मिलाइएको र अरु नाकाहरुमा पनि आवश्यकता अनुसार सरकारले निगरानी बढाउदै लैजाने तयारी गरेको जानकारी समेत दिनुभयो । यहि फागुन १८ गते बसेको मन्त्री परिषदका निर्णयहरुबारे जानकारी गराउदै अर्थ एवं सञ्चारमन्त्री डा. खतिवाडाले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदुत लिलामणी पौडेललाई फिर्ता बोलाई महेन्द्रबहादुर पाण्डेलाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले कलकत्ता स्थित नेपाली महावाणिज्य दुतमा इश्वरराज पौडेललाई र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा पत्रकार राजेन्द्रवहादुर अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी गराउनुभयो ।
यसैगरी सरकारले चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । नेपालको निजी क्षेत्रलाई अन्तर्रा्ष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि(पहिलोसंशोधन), २०७६स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । पत्रकार सम्मेलनमा सञ्चार मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण पछी प्रधानमन्त्री केपी शर्मा ओलीको सोचेभन्दा राम्रो गरी शिघ्र स्वास्थ्य लाभ भईरहेको समेत जानकारी गराउनुभयो ।