नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल monetarypolicy@nrb.org.np मा पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकले आउँदो असारको अन्तिम हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको निर्माण हुने बताइसक्नुभएको छ ।