file photo

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङबाट नवलपुर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सरस्वती खोला नजिक दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्यालको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।