हेटौंडा – हेटौंडाको परिक्षा केन्द्रबाट लोक सेवा आयोगको परिक्षा दिइरहेका दुइ जनानक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ । हेटौडा वडा नम्बर १ मा रहेको स्कुलमा संचालन भईरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परिक्षामा जिल्ला महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा जिल्ला काँस्की पोखरा महानगरपालीका वडा नं २ बस्ने बर्ष ४२ को दिपेन्द्र प्रसाद बास्ताकोटीले परिक्षा दिईरहेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
परिक्षाको केन्द्राध्यक्षले प्रहरीलाई नक्कली परिक्षार्थी भएको जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिपेन्द्र प्रसाद बास्ताकोटिलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट अन्ठाउन्न हजार पाँच सय रुपैया, जिल्ला महोत्तरी बस्ने अभय कुमार यादवको नाउँको नागरीकता, जिल्ला महोत्तरी बस्ने सुजित कुमार साहको नाउँको नागरीकता, जिल्ला धनुसा बस्ने हिरा कुमारीको नाउँको नागरीकता, जिल्ला धनुषा बस्ने विनोद कुमार महतोको नाउँको नागरीकता र उनको सवारी चालक अनुमती पत्र फेला परेको हो । उक्त सामानहरु बरामद गरी थप अनुसन्धान कार्य भईरहेको मकवान प्रहरीले जानकारी दिएको हो ।











