मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मावन अधिकारको रक्षा गर्नु सबैको दाईत्व भएको बताउनुभएको छ । बिहीबार हेटौंडामा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समिक्षा कार्यक्रममा उहाँले मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरणमा सबै सरोकारवाला पक्ष गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि खुलालले मानव अधिकार उल्लङ्घनका समस्या समाधानमा सबै पक्षको सहकार्य आवश्यक र अपरिहार्य रहेको बताउनुभयो । प्रमुख खुलालले विकसित देशहरुमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको भन्दै यो सकारात्मक सन्देश नभएको बताउनुभयो । मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले अभिभावकको संरक्षणमा बालबालिका नहुदा हिंसा बढेको बताउनुभयो । बालमैत्री घोषणा भएका गाउँपालिकामा समेत बाल हिंसा बढेको भन्दै उहाँले यसमा समयमै सचेत हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले मानव अधिाकार उलंघनका घटनाका बारेमा सचेतना अभिवृद्धिको कार्यक्रम संचालन गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा ईन्सेक मकवानपुरका संयोजक पुष्पराज अधिकारीले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु बृद्धी भइरहेको बताउनुभयो । जिल्लामा भएका मानव अधिकार उलंघनका घटना सार्वजनीक गर्नुहुँदै सन २०२० भन्दा १६ वटा बढी अर्थात ७६ वटा मानवधिकार हनन तथा ज्यादतीका घटनाहरु भएको उहाँले जानकारी दिनुभयो । इन्सेकको अभिलेखालयमा गत वर्ष मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका थिए । जसमा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएका थिए ।
तथ्याङ्क अनुसार मकवानपुरमा २०२१ मा ७८ वटा मानवधिकार हनन तथा ज्यादतीका घटनाहरु भएको मध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका छन् । जसमा ३४ जना बालिकाहरु छन् । यस वर्ष जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ८ जना मानिस पंडित भएको उहाँले जानकारी दिनुभयो । जसमध्ये ३ जना महिला २५ जना पुरुष पीडित भका छन् । बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमा २८ जना बलात्कार, ५ जना यौन व्यवहार र १ जना बेचविखनको प्रयासबाट पीडित भएको अधिकारीले जानकारी दिनुभयो । यस्तै महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास १ जना यौन व्यवहार र ६ जना वहूविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला र ४ पुरुष छन् भने एक कुटपिटको घटना भएको छ । यस वर्ष परिवारजनबाट ७ जना बालिका सहित १३ ओटा बलात्कारको घटना र पाँच जना हत्याको घटना इन्सेकमा अभिलेख भएको अधिकारीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला बार एसोसिएसनका अध्यक्ष इश्वरी अधिकारी, सिविन मकवानपुरका कार्यक्रम संयोजक झबिन्द्र ज्ञावली, अधिवक्ता ध्रुब चौलागाईं, माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा, फिल्ड सुपरभाइजर मन लामा, मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्रका कमलकुमार बिश्वकर्मा, गैसस मकवानपुर उपाध्यक्ष रमिला सापकोटालगायत संचारकर्मीहरुको उपस्थिति थियो ।