सांकेतिक तस्विर

हेटाैंडा– देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । भारतमा आएको चक्रवातका कारण मौसम बद्ली भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ । यस्तै हिमाली भेगमा पनि भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाले नदीहरुमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न, नगराउन पनि मौसमविद्ले आग्रह गरेका छन् । पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।