सांकेतिक तस्विर

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका स्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउँसो मकवानपुरको मकवानपुरगढी १ र बकैया ११ को सिमाना नियालेभञ्ज्याङ श्रीडाँडा स्थित जंगलमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।
मृत अवस्थामा भेटिएका पुरुष मकवानपुरगढि–१ जरायोटार बस्ने अन्दाजी २८ बर्षीय मान बहादुर लुङ्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली पुगिसकेको र घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको रिमालले बताउनुभयो ।