मकवानपुर – मकवानपुरमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ११३ जनाको कोरोना परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयका अनुसार ९४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा ३६ जना र १९ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा २ जना गरी थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज जिल्लामा कोरोना संक्रमण दर ३३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
यस्तै मकवानपुरमा आज थप ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ३८ जना कारोना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसँगै मकवानपुरमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १३ हजार ४ सय ८२ पुगेको छ ।