मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा बन्नलागेको बहुप्राविधिक महाविद्यालय निर्माणले मकवानपुरमा समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । मंलबार हेटौंडा–६ मा निर्माण हुन लागेको बहुप्रविधिक महाविद्यालयको शिलान्यस कार्यक्रमका अवसरमा बोल्दै प्रमुख खुलालले सरकारले गरेका हरेक कामहरु समृद्धि उन्मुख भएको र बहु प्राविधिक महाविद्यालय पनि समृद्धि उन्मुख काम भएको बताउनुभयो । उहाँले बहुप्रविधिक महाविद्यालय निर्माणले मकवानपुमा मात्र नभई सिंगो प्रदेश र राष्ट्रमा समृद्धि ल्याउने बताउनुभएको हो ।

देशमा अहिले प्राविधिक र व्यवहारिक शिक्षाको आवश्यक्ता रहेको भन्दै प्रमुख खुलालले मकवानपुरलाई चिनाउने अर्को एउटा चिनारी समेत बहुप्राविधिक विद्यालय हुने बताउनुभएको छ । संघिय तथा प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिईरहेको अवस्थमा हेटौंडामा बन्न लागेको महाविद्यालयले अवश्यक्ता पुर गर्ने बताउनुभयो । उहाँले मकवानपुर अन्य कुरामा अगाडी रहे पनि शिक्षा र स्वास्थयमा पछाडी रहेको भन्दै प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गर्न लगोको, अन्तरष्ट्रिय रंगशाला निर्माणको चरणमा रहेको तथा बहु प्राविधिक महाविद्यालय निर्माणले मकवानपुरको आर्थिक स्वरुप बदलीने तथा समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

२७ बिगाहा क्षेत्रफलमा निर्माण गरिने महाबिद्यालयको भवन ५८ करोड ४४ लाख रुपैयाँको लागतमा दुईवर्ष भित्रमा सम्पन्न गर्ने योजना छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भारतिय राजदुतावासका डाक्टर अजयकुमार, प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, युवराज दुलाल, प्रदेश सभासदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका बिभीन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, बिभीन्न सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।