हेटौंडा- प्रदेश राजधानी हेटौंडा र संघीय राजधानीको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारले भीमफेदी—कुलेखानीको सुरुङमार्ग निर्माण गर्ने भएको छ । सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारले प्राविधिक र कानुनी अध्ययन एवं विश्लेषण पूरा गरिसकेको छ । ‘ माघको पहिलो सातासम्ममा टेन्डर आह्वान गर्ने तयारीमा छौं,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले भने, ‘मन्त्रालयका कर्मचारी र प्रँविधिक त्यही काममा जुटिरहेका छन्।’

सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो वर्षको नीति तथा कार्यक्रममै गौरबको आयोजनाका रूपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन तर यस वर्ष भने कानुनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैंले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्र्ने गरी काम सुरु गरेको छ । केन्द्र सरकारले नेपाल पूर्वाधार विकास कम्पनीलाई निर्माणको समय थप गरेको कानुनी आधार नभएकाले प्रदेश सरकारले भीमफेदी—कुलेखानी सुरुङमार्ग निर्माण गर्न लागेको मुख्यमन्त्री डो र मणि पौडेलले भने, ‘प्रदेश सरकारले चालु आवमै सुरुङमार्गको निर्माण कार्य सुरु गर्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।