मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सबैले आफ्नो अधिकारको सहि सदसपयोग गर्दै विधि र प्रकृया अनुसार कार्य संचालन गर्न सबैलाइ आग्रह गरेको छ । जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ६१ औ बैठकले ऐन, नियम, कानुन, कार्यविधिमा रहेर काम गर्न स्थानिय तहहरूलाई आग्रह गरेको हो ।

बैठकमा अघिल्लो एक महिना भएका कामको समिक्षा तथा आगामि कार्ययोजनाका बारेमा छलफल भएको प्रमुख खुलालले बताउनुभयो । बैठकमा नदि जन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को अनुगमनका क्रममा उत्पन्न समस्याका साथै जिससबाट पछिल्लो महिनामा संचालित अन्य कार्यक्रमलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिले संघीय सरकारको कार्यादेश, प्रदेश सरकारको कार्यविधि र जिल्ला सभाले परित गरेको कार्यविधिका आधारमा काम गर्ने गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनका क्रममा जिल्लाका कतीपय क्षेत्रमा स्थानीय तहहरुले नै विधी नपु¥याइृ ढुंगा, गीट्टी, बालुवा उत्खनन् गर्ने, जवरजस्ती गर्न खोज्ने प्रबृति प्रति आजको बैठकले ध्यानाकर्षण जनाएको छ । साथै बैठकले स्थानीय तहलाई प्राप्त अधिकारको सहि सदुपयोग गर्न नसकि ऐन, नियम, कार्यविधि तरीका र कार्यक्षेत्रको ख्यालै नगरि खोला खहरेबाट अवैध उत्खनन् गर्न खोज्नु स्थानीय सरकार खासगरि हेटौंडा उपमहानगरपालिकाको सोचाई, बुझाई र व्यवहार बिलकुलै नसुहाउने स्पष्ट देखिएकोले त्यस्तो धारणा त्याग्न बैठकले बिशेष आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै अनुगमनका क्रममा भएका नियमित प्रकृयालाई लिएर चलाईएका बजार हल्ला र प्रचारबाट प्रभावित नभई आ–आफ्नो अधिकारका क्षेत्रमा रहि गम्भीर भएर कार्यक्षेत्रमा खरो उत्रन सम्बद्ध सबै पक्षलाई जिससको बोर्ड बैठकले हार्दिक आग्रह गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । साथै बैठकले अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा आयोजना गरेको निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला सफल भएको तथा सो भेला सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले बताउनुभयो । बैठकमा उपप्रमुख भगवती पुडासैनीलगायत सम्पुर्ण सदस्यहरु, कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो ।