देशभर आज थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार १ सय २७ वटा नमुनाको परिक्षण गर्दा ४५ पुरुष र ३३ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । कोरोना सङ्क्रमणबाट आज ७२ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको छ । तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।