मकवानपुर – राष्ट्रिय युवा संघ नेपालको हेटौंडा उपमहानगरपालिका कमिटीले पूर्णता पाएको छ । यस अघि अध्यक्ष र सचिवमात्र चयन भएकोमा आज ६१ सदस्य पूर्ण कमिटी गठन गरिएको हो ।

यस अघि नगर अध्यक्षमा राजेश नगरकोटी र सचिवमा मनोज चौलागाई चयन हुनु भएको थियो । आज सम्पन्न युवा भेलाबाट उपमहानगरको उपाध्यक्षमा अनिल काफ्ले, कोषाध्यक्षमा राजन न्यौपाने र सहसचिवमा अर्जुन दुलाल र सचिन राई रहने गरि ६१ सदस्य युवा संघ हेटौंडा उपमहानगरपालिका कमिटी गठन भएको नगर अध्यक्ष नगरकोटीले जानकारी दिनुभयो । नव निर्वाचित युवा संघको नगर कमिटीलाई एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले सपथ ग्रहण समेत गराउनुभएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले युवाहरु समाज परिवर्तनका संवाहक भएकाले समाजमा हुने हरेक गतिविधिमा युवाहरुको निगरानी हुनुपर्ने बताउनु भयो । उहाँले समाज परिवर्तनका लागि युवाहरुलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नुहुँदै आगामी निर्वाचनमा समेत युवाहरुको सक्रय भूमिका हुन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष राजेश नगरकोटीको अध्यक्षता एवम् एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, सहसचिव सिता बिष्ट, सचिवालय सदस्य मदन दाहाल, राष्ट्रिय युवा संघ नेपालका स्थायि कमिटी सदस्य सन्तोष चौलागाई, केन्द्रिय सदस्य नरेन्द्र भण्डारी, आरती पाठक, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेतीलगायतको आतिथ्यता थियो ।