मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विदेशमा सिकेका ज्ञान, श्रम र सीपको स्वदेशमा उपयोग गरि समृद्ध नेपाल निर्माण लाग्न आग्रह गर्नुभएको छ । नेकपा एमाले निकट कान्छो जनवर्गिय संगठन रिटर्नी फेडेरेसन नेपालको हेटौंडा उपमहानगरपालिका स्तरिय प्रथम भेलाको उद्घाटन गर्नुहुँदै नेता खुलालले विदेशमा सिकेका ज्ञान, श्रम र सीपको स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभयो ।
नेता खुलालले वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पुग्ने गरि कार्यहरु गर्नुपर्ने बताउनुभयो । उहाँले बिदेशबाट स्वदेश फर्किएका लाखौं युवाहरूको ब्यवस्थापन, रोजगारी तथा श्रमशक्ति र शिपको देशमै उच्चतम उपभोग गर्दै समृद्ध नेपाल सुखी नेपालीको महत्वकाँक्षा पूरा गर्न फेडेरेसनले भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । बाध्यताबस बैदेशीक रोजगारीको सिल्सीलामा विदेशमा पलायन हुन पुगेका युवाहरुलाई देशमै अवसर दिनुपर्ने उदेश्यका साथ स्थापित उक्त संस्थालाई पार्टीले पनि सोहि अनुसार अवसरहरु प्रदान गर्ने उहाँको भनाई थियो । उहाँले एमालेसंग मात्र त्यस किसिमको सोँच, बिचार, दृष्टिकोण र क्षमता रहेको उहाँको भनाई थियो ।
भेलाले सोमप्रसाद चौलागाईको अध्यक्षतामा १७ सदस्य रिटर्नी फेडेरेसन हेटौंडा उपमहानगरपालिका कमिटी सर्वसममत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा विपिन घिमिरे, सचिवमा राजु श्रेष्ठ र कोषाध्यक्षमा ईश्वर सेढाईलगायतलाई चयन गरेको हाे ।
फेडेरेसनका जिल्ला अध्यक्ष कृष्णप्रसाद घोरासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नविन सिग्देल, सहसचिव हिदम लामा, फेडेरेसनका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज सराेज पुडासैनी, अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, एमाले हेटौंडा नगर कमिटी अध्यक्ष सालिकराम पुडासैनी, सचिव बोलबहादुर कार्कीलगायतको आतिथ्यता थियो ।