मकवानपुर – नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–९, नम्बर वडा कमिटीको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता एवम् एमाल केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम भएको हो ।

No description available.

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित भएर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । वडाका टोल कमिटी, वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीलगायत अगुवा कार्यकता सम्मिलित कार्यक्रममा केन्द्रिय सदस्य, राना, प्रदेश सदस्य रघुनाथ खुलाल, जिल्ला सचिवालय सदस्य मदनकुमार दाहाललगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य रानाले समसामयिक राष्ट्रिय राजनिती र पार्टीको भुमिकाका विषयमा प्रशिक्षण दिनुभउको थियो । यस्तै प्रदेश सदस्य खुलालले चुनाव लक्षित भएर समसामयिक विषयमा र सचिवालय सदस्य दाहालले सांगठनिक पद्धति, पार्टी अनुसाशन र पार्टी सदस्यताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

No description available.

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु मिना अर्याल, नरेन्द्र भण्डारी, जिल्ला परिषद सदस्य रामचन्द्र अर्याल, लक्ष्मण भण्डारी, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, नगर कमिटी सदस्य एवम् वडा ईन्चार्ज विष्णुमणि अधिकारी, सहईन्चार्ज मदन न्यौपाने, नगर कमिटी सदस्यहरु बिवश अधिकारी, रमेश अधिकारी, सचिता भट्टराई, कल्पना पाथा, शुरेश बेरोजगार, सिताराम पौडेललगायतको आतिथ्यता थियो ।

No description available.