मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले ३१औं मदन–आश्रित स्मृति दिवशका अवसरमा बुधबार आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा तुलसी मेहर माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयको सहभागिता रहेको मावि स्तरिय प्रतियोगितामा तुलसी मेहरले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय द्धितीय, जिएस निकेतन तृतीय र आधुनीक राष्ट्रिय माध्यमिक विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले जनही नगर १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । भने, प्रतियाेगितामा सहभागि अन्य विद्यार्थी र विद्यालयलाइ सहभागिताको प्रमाणपत्र प्रादान गरिएकाे थिए । प्रतियोगितामा विशाल अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नु भएको थियो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले मदन भण्डारी फाउण्डेसन मकवानपुरले जननेता भण्डारी र जिवराज आश्रितको सम्झनामा गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा मकवानपुर बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाललगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक कुमार केसीले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरले मदन–आश्रृत स्मृति दिवसका अवसरमा तीन दिवशीय कार्यक्रम आयोजना गर्दैछ । जस अन्तरगत मंगलबार ५ किलो मिटर पुरुष खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो । भने, आज बुधबार मावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको हो । फाउण्डेसनले भोली जेठ ३ गते श्रद्धञ्जली सभा आयोजना गरेर तीन दिवशीय कार्यक्रम समापन गर्ने अध्यक्ष खुलालले बताउनुभयो । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।