मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरे स्थित प्रगति टोल विकास संस्थाको २१ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव अधिकारीको अध्यक्षता एवम् हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष चौलागाईले वडाका विकास निर्माणको काममा टोल विकास संस्थाहरुलाई साथै लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले टोल सुधारका लागि टोल विकास संस्थाहरुको भुमिका महत्वपूर्ण हुने भन्दै थप प्रभावकारी ढंगबाट काम गर्न आग्रह समेत गर्नुभयो । टोल विकास संस्थाले गर्ने हरेक काममा वडा कार्यालयबाट आवश्यक सहयोग रहने उहाँको भनाई थियो ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष अधिकारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६६ घरधुरी रहेको टोल विकास संस्थामा संस्थाको अगुवाईमा टोलमा ढलान हुन बाँकी सडकहरुको ढलान, विभिन्न समाजिक सुधारका कार्य, कोभिड बिरुद्ध सचेतना कार्यक्रम तथा सहयोगलगायतका कार्यक्रम भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले संस्थाका सदस्यहरुबाट मासिम बचत वापत हालसम्म करीब ८० लाख ४५ हजार बरावर बचत भएको र करीब ७८ लाख रुपैयाँ ऋण लगानी भएको जानकारी दिईएको थियो । हालसम्म प्रति व्यक्ति ४१ जर २२४ रुपैया बचत रकम भएको जानकारी दिईएको छ ।

कार्यक्रममा ९ नम्बर वडा सदस्य सुकराम केसी, लक्ष्मी नेपाली, टोल विकास संस्था नगर समन्वय समिति सदस्य रामचन्द्र दाहाल, ९ नम्बर वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, नेपाल शिक्षक संगठन मकवानपुरका सचिव पुरुषोत्तम आचार्य, पत्रकार विवश अधिकारीलगायतको उपस्थिती थियो । काेराेना माहामारीका कारण भाैतिक दुरी कायम गर्दै संस्थाकाे साधारण सभा हेटाैंडा–९ स्थित सिमेन्ट फ्याक्ट्रीकाे खुल्ला चाैरमा आयोजना गरिएको थियो ।