नेपालमा आज थप एक हजार तीन सय ५९ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको कूल संख्या दुई लाख ३४ हजार दुई सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९४ दशमलव ६ रहेको छ ।
यसैगरी आज थप आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज पाँच हजार दुई सय ४२ वटा नमूना परीक्षण गर्दा तीन सय ५२ जना महिला र पाँच सय ४७ जना पुरूषमा कोारेना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमित मध्ये चार सय ८२ जना काठमाडौँ उपत्यका भित्रका रहेका छन् ।
यसैगरी कोरोना सङ्क्रमणका कारण आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार छ सय ८९ पुगेको छ । यसैगरी आज देशभर गरी ११ हजार ६ सय ७३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।