हेटौंडा । बागमती प्रदेशमा आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भएको छ । मुख्यमन्त्रीसंगै आज दुइ मन्त्रीले सपथ लिदै छन् । प्रदेश प्रमुको कार्यालयमा सपथग्रहणका लागि सबै तयारी भइसकेको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउने भएका हुन्। मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। मुख्यमन्त्री पाण्डेसँगै २ जना मन्त्रीले पनि शपथग्रहण गर्ने भएका छन्।
सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपिलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा उनीसँगै पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । उनलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताएका छन्।