हेटौंडा–सरकारले कोरोना भाइरसको रोकथामका लागि गरिरहेको तयारीबारे छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुलाई आमन्त्रण गरिएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।