काठमाडौँ– कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र -सीसीएमसी_ ले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरू स्थगित हुनेछन् । परीक्षाका नाममा अनावश्यक भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।