मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तीन दिवशीय कार्यक्रम गरेर ७३औं मदन जयन्ती मनाउने निर्णय गरेको छ । फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकले जननेता मदन भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा असार १२, १३ र १४ गते तीन दिन विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्नेे निर्णय गरेको हो ।
बैठकले मदन जयन्तीका अवसरमा रक्तदान कार्यक्रम, खुल्ला कविता प्रतियोगिता र श्रद्धाञ्जी सभालगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो । बैठकले असार १२ गते रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गर्ने, असार १३ गते समाज रुपान्तरण, राजनीतिक परिवर्तन, समावेशीता, समृद्धि, र आधुनिक चेतनाको लागि जनताको बहुदलीय जनवादको योगदानमा आधारित खुल्ला कविता प्रतियोगिता र असार १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जी सभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले तीन दिवशीय कार्यक्रमहरु सञ्चालकका लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरेको उहाँले बताउनुभयो । यस्तै आजको बैठकले मदन आश्रित स्मृति दिवसका अवसरमा जेठ १,२,३ गते आयोजना गरिएको कार्यक्रमको समिक्षा पनि गरेको उहाँले जानकारी दिनुभयो ।