मकवानपुर । शैक्षिक सहयोग अक्षय कोष नेपाल मकवानपुरलाई एक लाख रुपैया सहयोग प्राप्त भएको छ । नारायणी यातायात व्यवसायी संघ हेटौंडाले संस्थामा एक लाख रुपैयाँ योगदान गर्दै संस्थागत सदस्यता ग्रहण गरेको हो ।
अभिभावक बिहिन बिपन्न बालबालिकालाई सहयोग गर्ने उदेश्यका साथ स्थापित संस्थामा संघले एकलाख रुपैया योगदान गर्नुका साथै सदस्यता समेत लिएको अक्षय कोषका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । संघका तर्फबाट अध्यक्ष हिरालाल श्रेष्ठले कोषका अध्यक्ष खुलाललाई रकम हस्तान्तरण गर्दै सदस्यता ग्रहण गर्नुभएको हो । रकम हस्तान्तरण एवम् सदस्यता ग्रहण कार्यक्रममा संघका महासचिवसरोज खनाल, निवर्तमान अध्यक्ष बद्री चौलागाँई, काेषका सचिव बद्री पाठक, काेषाध्यक्ष रामकृष्ण थापालगायत संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।