हेटौंडा– कोभिड–१९ (कोरोना भाइरस) को दोस्रो लहर बढ्दै गएपछि सर्वसाधारणलाई सचेत रहन तथा मास्क प्रयोग गर्न आग्रह गर्दै मकवानपुरमा प्रहरी र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन् । नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली मकवानपुरका विभिन्न स्थानमा पम्प्लेटसहित मास्क लगाउन आग्रह गर्दै सडकमा उत्रिएका हुन् ।

कोरोना संक्रमणबाट बच्नका लागि ‘तपाईको मास्क खोई ? , हातले नाक एवम् मुख छोइरहने बानी हटाउनुहोस्, भिडभाड भएको ठाउँमा जरुरी अवस्थामा बाहेक नजानुहोस्, अनावश्यक काममा घरबाट बाहिर ननिस्कौं, लगायतका जनचेतनामुलक नारा लेखिएको पम्प्लेटसहित टोलीले हेटौंडा बजारमा हिँडनुका साथै मास्क नलगाउनेलाइ मास्क प्रदान गर्नुका साथै मास्क लगाउन अनुरोध गरेका छन् ।

फाेटाे फिचर