मकवानपुर– मकवानपुरमा सोमबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ५७ जनाको स्वाब परीक्षण गर्दा २ बालबालिका र १ जना ज्येष्ठ नागरिकसहित ३४ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । चौलागाईका अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट ३३ जना र एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका अधिकांशमा लक्षण देखिएको छ ।