File Photo

पाँच दलीय सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले चुनावी तालमेलका लागि चाडै नै कार्यदल बनाउने समेत जानकारी दिनुभयो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलबीच चुनावी तालमेल गरी अघि बढ्ने सहमती भएको हो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।