मकवानपुर– मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिईएको छ । सरकारले सोमबारबाट क्षेत्रीय कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको हो ।
सरकारले कोरोनाका कारण सशस्त्र प्रहरीलाई सिमा सुरक्षको जिम्मा दिएपछि कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । यसअघि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको ६० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको थियो । सोमबार नेपाली सेनाका मेजरको नेतृत्वमा ५० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको भिमफेदी कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो । सरकारले मकवानपुरको भिमफेदीसहित देशभरका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिएको खनालले बताउनुभयो । कारागारको सुरक्षाकालागि कारागार आएका मेजरको टोलि र विदाई भएका सशस्त्र प्रहरीको टोलिलाई भिमफेदी कारागारका प्रमुख जेलर खनालले स्वागत तथा विदाई गर्नुएको थियो ।