मकवानपुर– मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर काभ्रे घरभएका अन्दाजी २२ बर्षीय रबिन्द्र गौतमको मृत्यु भएको हो ।
हेटौँडा–१० स्थित एक ग्यारेजमा पेन्टरकाे काम गर्ने गाैतमकाे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यारेजमा रहेको नाङ्गो तारमा विद्युत प्रवाह हुदा करेन्ट लागेको उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।