मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आईतबार स्रोत नक्साङ्कन सम्बन्धी तालिम दिएको छ । गरिबसंग विशेश्वर कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न पलिकाका प्रतिनिधिहरुलाई स्रोत नक्साङ्कन तयार गर्ने सम्बन्धी तालिम प्रदान गरेको हो ।

तालिमको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले तालिमबाट सिकेका कुराहरु व्यहारमा लागु गर्न आग्रह गर्नुभयो । मकवानपुरमा गरिबसंग विशेश्वर कार्यक्रम हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, राक्सिराङ्, कैलाश र भीमफेदी गाउँपािलकामा सञ्चालित छ । तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुखलगायत सदस्यहरू तथा गरिबसंग विशेश्वर कार्यक्रम लागु भएका जिल्लाका गाउँपालिकाका उपप्रमुखहरु, वडा अध्यक्षहरु, सामाजिक विकास शाखाको प्रमुख तथा स्थानीय सहजकर्ताहरुको सहागिता थियो । तालिममा केन्द्रिय प्रशिक्षक विद्यासागर पाण्डेले सहजिकरण गर्नुभएको थियो । पाण्डेले स्रोत नक्सुाङ्कनको महत्व, स्रोत नक्साङ्कनका फाईदा, तयार गर्ने तरीका र यसको प्रयोगका बारेमा सहजिकरण गर्नुभएको थियो ।
