मकवानपुर– मकवानपुरको कैलाश गाउँपालिकाका सोमबार १० शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य ओम बहादुर घलानले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
जिल्लाका १० स्थानीय तह मध्ये आज कैलाशसहित ५ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिएको छ । जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०÷१० शैयाको, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५÷१५ शैयाको, र इन्द्रसरोवर गाउँपालिकामा पाँच शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । कैलाश गाउँपालिकाकाे अस्पताल निर्माणका लागि कुल १० करोड ८३ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको मध्ये चालु आर्थिक वर्षमा सङ्घीय सरकारले ८५ लाख रुपैया विनियोजन गरेको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।