मकवानपुर । शहिद सप्ताह अन्तरगत भोली हेटौँडा–११, स्थित सहिद स्मारकमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोली राष्ट्रिय स्तरका कलाकारको मनोरञ्जनात्मक प्रस्तुति एवं पुरस्कार वितरण कार्यक्रम रहेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।
सहिद स्मारक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि सहिद दिवस विविध कार्यक्रम गरेर साताव्यापी रूपमा मनाईरहेको छ । साताव्यापी कार्यक्रम अन्तरगत भोली साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्कालगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने सचिव खुलालले जानकारी दिनुभयो । यस्तै भोली नै विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणको कार्यक्रम रहेको उहाँलेले जानकारी दिनुभयो ।
स्मारक विकास समितिले पहिलो दिन बुद्धपार्क उद्धाटन गरेर दिवशको सुरुवात गरेको थियो । भने, त्यस यता हरेक दिन विभिन्न कार्यक्रम गर्दै आएको छ । जस अनुसार सताव्यापी बृहत हस्तकला स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला, विभिन्न जातजातिको सास्कृतिक नृत्य तथा गित प्रस्तुती साथै नौमति बाजा र दोहोरी गीतको प्रस्तुति, रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता र “बालश्रम, बालशोषण, बालहिंसा अन्त्य गर्नुमा बालबालिकाकाे भुमिका” विषयक वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिसकेको छ । खुलालका अनुसार अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।
राणा शासन विरुद्धको आन्दोलनमा वि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । शहीदको योगदानको कदर स्वरूप हरेक वर्ष माघ १० देखि १६ गते सम्म सप्ताहव्यापी रुपमा सहिद दिवस मनाउने गरिन्छ ।