file photo

हेटौंडा – हेटौंडामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्तिलोकपथ अन्तर्गत हेटौंडामा–५ क्याम्पाडाँडामा ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।
हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक हेटौंडा–१५ फायरलाईनका वर्ष २५ का बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । तिब्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । त्यसैगरी मोटरसाईकलमा सवार सोही स्थान बस्ने ३१ वर्षीय रमेश बल घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।