मकवानपुर– ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बाँनीयाले प्रदेशको राजधानी हेटौंडा उपुयुक्त भएको बताउनुभएको छ । सोमबार प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त भएको बताउनुभएको हो ।
नेता बाँनीयाले जनताको लागिमात्रै नभई देशकै लागि प्रदेशको राजधानी हेटौंडा आवश्यक रहेको बताउनुभएको छ । उहाँले रहेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त रहेको बताउनुभयो । उहाँले १९ वटा जिल्लाको सदरमुकाम भइसकेको हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त भएको बताउनुभएको हो । मध्यमाञ्चल क्षेत्रको सदरमुकाम हेटौंडामा भौतिक संरचनादेखि हरेक दृष्टिकोणले राजधानीको लागि उपयुक्त भएको नेता बाँनीयाको भनाई थियो ।
दुई तिहाईको बहुमतको सरकारले २ वर्षसम्म राजधानी टुंग्याउन नसकेको भन्दै तत्कालिन शेरबहादुर सरकारले हेटौंडा अस्थायी राजधानी नबनाएको भए काठमाडौं वा आसपासका कोठामा बैठक बस्नुपर्ने अवस्था हुने समेत अवगत गराउनुभएको थियो ।