हेटौंडा – नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको प्रधम अधिवेशन आज भएको छ । अधिवेशनको उद्घाटन् गर्दै नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा लुम्वीनि प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले माधब कुमार नेपालको कुण्ठाका कारण अर्को पाटीमा लागेकाहरुलाई एमालेमा फिर्ता गर्नका लागि आग्रह गर्नुभयो ।

नेपालको बहकाइमा लागेर समाजवादी पाटीमा लागेका असल कार्यकर्ताहरुलाई एमालेमा फिर्ता गर्नुपर्ने वताउनुभयो । दक्षिणपन्थी अवसरवादको रुपमा अहिलेकोे सरकार गठन भएको उहाँले वताउनुभयो । प्रचण्ड र नेपालका कारण नेकपाको एकता भाडिएको एमालेका नेता पोख्रेलले वताउनुभयो । अहिलेको सरकार काम गर्न भन्दा पनि एमालेको विरोध गर्नका लागि आएको वताउनुभयो । एमालेको सरकारका पालामा स्वास्थ्यका पूर्वाधारका धेरै काम भएको उहाँले स्मरण गराउनुभयो । अहिले सम्म एमालेको सरकारका पालाको कोरोना खोप मात्र प्रयोग गरेको र अरु देशबाट सहयोग आएको खोप आएको वताउँदै उहाँले भन्नुभयो–‘यो सरकारले खोप समेत खरिद गर्न सकेको छैन । हामिले ल्याएको खोपलाई आफुले गरेको भनेर प्रचार गरिरहेको छ ।’ प्रदेश–२ मा एमाले मय वन्दै गएको उहाँले वताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्य तथा जिल्ला कमिटी मकवानपुरका सचिब एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, एमाले जिल्ला कमिटीका सचिवालय सदस्य नविन सिग्देल लगायतकाले मन्तव्इ व्यक्त गर्नुभयो । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रम नगरकमिटीका सचिब बोलबहादुर कार्कीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।