काठमाण्डाै – भारतकी वरिष्ठ गायिका लगा मंगेशकरकाे निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मंगेशकरकाे निधनमा आज आइतवार दिउँसाे सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएकाे हाे । उहाँले मंगेशकरप्रति श्रधञ्जली पनि अर्पण गर्नुभएकाे छ ।
‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, राष्ट्रपति भण्डारीले भन्नुभएकाे छ ।वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाकाे दिन ‘मल्टी अर्गान फेलर’ का कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेकाे छ ।