वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ । समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरकाे निधनमा आइतवार र साेमवार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएकाे छ । यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घाेषणा गर्नुभएकाे छ ।
वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाकाे दिन ‘मल्टी अर्गान फेलर’ का कारण उहाँकाे निधन भएकाे हाे । उहाँकाे निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेकाे छ । लता मंगेशकरकाे अन्तिम संस्कार आज बेलुकी साढे ६ बजे मुम्बईकाे छत्रपति शिवाजी पार्कमा गरिनेछ । समाचार एजेन्सी एएनआईका अनुसार उहाँकाे पार्थिव शरीरलाई दिउँसाे साढे १२ बजे उहाँकाे घर प्रभु कुञ्ज लगिएकाे र त्यहाँ उहाँका परिवार, नातेदारसमेत अन्य व्यक्तिले उहाँकाे अन्तिम दर्शन गरेका थिए ।