file photo

लोडर दुर्घटना हुँदा
बिश्वराम अधिकारी÷मकवानपुर
मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा घाइते भएका ४ जना मध्ये थप एकजनाको मृत्यु भएको छ । तराई काठमाडौ द्रुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाख र लेनडाडाँ नजिक सोमबार साँझा भएको लोडर दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ४ जना घाइते भएका थिए । घाइते ४ मध्ये थप एकजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासि सिमात खोल किनारमा खसेर दुर्घटना भएको हो । लोडरमा १ नेपाली सहित ५ जना चिनिया नागरिक रहेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण खड्का पुगेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइते हुने एकजना नेपाली र मृतक ३ सहित घाइते अन्य २ जना पनि चिनिया नागरिक रहेको कार्कीले बताउनुभयो । मृतक र घाइतेको पहिचान हुन भने बाँकी रहेको जनाइएको छ ।