मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत १७०० मतगणना भएको छ ।
१७०० मत गन्दा को अगाडी ?
मेयर
अनन्त प्रसाद पौडेल (सूर्य) ४९८
मीनाकुमारी लामा (कलम) ५४०
दीपकबहादुर सिंह (हलो) ४६०
उपमेयर
सुमित्रा काफ्ले (सूर्य) ६००
राजेश बानियाँ (रुख) ७५६
ईन्दिरा डल्लाकोटी (हलो) १२४
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा शनिबार बिहानदेखि मतगणना जारी छ । हेटौँडामा कूल १ लाख ४ हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।