मकवानपुर – स्थानीय तह सदस्य निर्वाचन अन्तरगत थाहा नगरपालिकामा भएको निर्वाचनमा माओबादी केन्द्रका वडा अध्यक्ष विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणनामा थाहा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा माओबादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित बिजयी भएका हुन् । गोपाली २०७४ को स्थानिय निर्वाचनमा पनि अध्यक्ष पदमा बिजयी भएका थिए ।
गोपालीले ८ सय ६३ मत प्राप्त गरेका छन भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । तेस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् । थाहा नगरपालिका वडा नम्बर १ मा माओबादी केन्द्रका अध्यक्ष सहित प्यानल नै बिजयी भएको हो । अब वडा नम्बर २ को मतगणना थालनी गरिने निर्वाचन कार्यालय थाहानगरपालिका ले जनाएको छ ।