हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकाको ३ सय मत गणना सम्पन्न भएको छ । बकैया–१ नम्बर वडाको मतगणना गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट अध्यक्षका उम्मेद्वार धर्मराज लामिछानेले १३२ मत प्राप्त गर्नु भएको छ । भने, नेकपा एमालेबाट अध्यक्षको उम्मेद्वार सरला बोलखेले ८८ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेद्वार भक्त बहादुर खत्रीले १५४ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष उम्मेद्वार लालबहादुर स्याङ्तानले ९१ मत प्राप्त गर्नु भएको छ । यसैगरि,वडा अध्यक्षमा कांग्रेसका कामी सिं मुक्तानले ६२, माओवादीका आशिश तितुङले १२७ र एमालेका टेक बहादुर भोम्जनले ९० मत प्राप्त गर्नुभएको छ ।