हेटौंडा: नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले हेटौंडा-३ लाई शहरीकरण गर्नका लागि अझै थुप्रै काम गर्न बाँकी रहेको बताउनुभएको छ । चुनाव प्रचारप्रसारको क्रममा हेटौंडा-३ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भर्खरै गाउँपालिकाबाट उपमहानगरपालिका भएको १ कार्यकाल मात्र भएकाले यस वडामा भौतिक निर्माणलगायतका थुप्रै काम गर्नुपर्ने बताउनुभयो । शहर उन्मुख रहेको यस वडालाई अन्य वडा झै बिकासको गति दिन अब उपमहानगरपालिकासहित प्रदेश सरकारको बजेटमा बिकासका कामहरु गरिने उहाँको भनाई छ । यस अघिको ५ वर्षको कार्यकालमा पनि उपमहानगरपालिका र प्रदेश सरकारको सहयोगमा बिकासका धेरै कामहरु भएको बताउनुहुँदै काफ्लेले अबको बाँकी काम पनि एमाले नेतृत्वकै स्थानीय सरकारले गर्ने बताउनुभयो । हेटौंडा-३ कृषिको लागि उपयुक्त क्षेत्र पनि भएको कारण यहाँको किसानको लागि पनि विविध काम गर्नुपर्ने भएकाले कृषि, शिक्षा, युवा, महिला लगायतका क्षेत्रमा आफू निर्वाचित भएर आएपछी प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
Home प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ हेटौंडा-३ लाई शहरीकरण गर्नका लागि थुप्रै काम बाँकी छ – उपमेयर उम्मेदवार...











