आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सन्दर्भमा हेटाैंडा–९, मा नेकपा एमालेकाे घरदैलाे अभियान सुरू भएकाे छ । यसअघि सकृय रूपमा टाेल टाेलमा पुगेका उमेदवारहरू प्रतिबद्धता पत्रसिहत घरघरमा पुगेका हुन् । घरदैलाे कार्यक्रममा एमालेबाट वडा अध्यक्षका उमेदवार लक्ष्मण प्रसाद भण्डारीसहित, सदस्यहरू लक्ष्मी नेपाली, टिका भट्टराइ, मिना अर्याल र नारायण खतिवडाले वडाकाे समृद्दि र विकासका लागि एमालेलाइ भाेट दिन अनुराेध गर्नुभयाे । घरदैलो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य रघुनाथ खुलाल, रामचन्द्र अर्याललगायत नेताहरुको उपस्थिति थियो ।
