हेटाैंडा – प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश गर्नुभएकाे हाे ।
आफूले कारबाही गरेका सांसदहरूको सूची प्रकाशन नगरेको भन्दै सभामुखको भूमिकालाई लिएर सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी विरोधका बीच आयोगको प्रतिवेदन पेस भएको हो । बैठक सुरु गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै बेल घेराउ गर्नुभएको थियो ।
प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरोधका कारण सभाका नियमित काम कारबाहीहरू प्रभावित भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । आजको बैठकमा आदिवासी जनजाति आयोगको आर्थिक बर्ष २०७७/०७८ प्रतिवेदन पेस गर्ने एक मात्र कार्यसूची रहेको थियो । अर्को बैठक फागुन ८ गते आइतबार दिउसो १ः००बजे बस्ने गरी स्थगित भएको छ ।