file photo

हेटाैंडा – आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले बिजयी सुरूवात गरेकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हे ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए । अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे । यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एकरएक विकेट लिए । प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।