हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बामदेव गौतमलाई स्वागत गरेको छ । आईतबार कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रहरी उपरिक्षक गौतमलाई स्वागत गरेको हो ।
सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको परिचयात्मकसहितको स्वागत कार्यक्रममा सामाजिक सुरक्षा, आत्माहत्या न्युनिकरणलगायत विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रहरी उपरिक्षक गौतमले दोस्रो पटक मकवानपुर आएर काम गर्न पाउदा आफ्नै घर आएको महशुस गरेको बताउउनु भयो । उहाँले मकवानपुर जिल्लाका हरेक समस्यालाई समुदायसंगै हातेमालो गर्दै समाधान गर्ने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका मानार्थ सदस्य रघुनाथ खुलालले केन्द्रले गरेका कामहरुको प्रशंसा गर्नुहुँदै जिल्लामा शान्ति सुरक्षा, लागुऔषध लगाएत विषयमा थप प्रभावकारी भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्टले सामुदायिक सेवा केन्द्रले गरेका विभिन्न गतिविधिको बारेमा जानकारी गराउनु हुँदै जिल्ला प्रहरी कार्यालयलाई हरेक समय सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका मानार्थ सदस्य अरूणराज सुमार्गी, सिताराम बर्तौला, प्रकाश पौडेल, ईलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरीक्षक सुमन बाँनिया, हेटौंडा–१० उप–केन्द्रका अध्यक्ष प्रदिप कँडेल, पुष्पाञ्जली आमा समूह, विभिन्न उप–केन्द्र, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।