हेटाैंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौंडाको अवलोकन गर्नुभएको छ । साेमबार विभिन्न कार्यक्रममा सहभागि हुन हेटाैंडा आउनु भएका गृहमन्त्री श्रेष्ठले आश्रमकाे मुख्य सेवा केन्द्रकाे अवलाेकन भ्रमण गर्नु भएकाे हाे ।

साे क्रममा उहाँले आश्रमले गरेकाे कामकाे प्रशंसा गर्नु भएकाे थियाे । यस अघि पनि उहाँले मानवसेवा आश्रमको काठमाडौं सेवाकेन्द्र रानिवनको अवलोकन भ्रमण गर्नु भएकाे थियाे । उक्त भ्रमणको क्रममा मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पु¥याउने प्रतिवद्धताका साथ मानवसेवा आश्रमका अध्यक्ष सहित अभियान्ताहरुलाई प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, गठबन्धन दलका शिर्षस्थ नेता र मन्त्रीपरिषदका सदस्यहरुसँग भेट गराउनुभएको थियो । उक्त भेटमा आश्रमले देशलाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागी नेपाल सरकारको तर्फबाट अपेक्षित सहयोग, समन्वय र सहजीकण प्रस्तुतिकरण समेत गरेको थियो ।
अन्य प्रयोजनको लागि हेटौंडा आएको बखत व्यस्तताकावीच आश्रमको अवलोकन भ्रमण गरिनुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई सफल बनाउन इमान्दारीसाथ प्रयत्न गरिरहेको अनुभूति भएको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले बताउनुभयाे । मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवा प्रदान गर्दै आएकाे छ । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।