मकवानपुर– औषधि व्यवसायी संघ मकवानपुरले मकवानपुरका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीकाबीच पनि कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको लागि भन्दै संघले स्यानिटाइजर, मास्क र साबुन सहयोग गरेको हो ।
संघले आज स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ मकवानपुरलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सुधिर दाहाललगायतको टोलीले बुधबार पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई महासंघको कार्यालयमा पुगी स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्री ग्रहण गरेपछि महासंघ अध्यक्ष हुमागाईंले औषधि व्यवसायी संघलाई धन्यवाद ज्ञापन गर्दै सञ्चारकर्ममा खटिएका सबैलाई उक्त सामाग्री वितरण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष दाहालले आवश्यकताअनुसार केही दिनमा थप स्वास्थ्य सामाग्री दिइने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा औषधि व्यवसायी संघका उपाध्यक्ष नारायणलाल श्रेष्ठ, महासचिव विनोद लामिछाने, सचिव देवनारायण शाह, महासंघका पदाधिकारीलगायत सदस्यको उपस्थिति रहेको थियो ।